Trending :
 

सबै केन्द्रीय सदस्यहरुलाई पार्टीमा सम्पति विवरण बुझाउन विप्लवको निर्देशन

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सबै केन्द्रीय सदस्यको सम्पति विवरण मागेको छ। गत चैतमा बसेको साताव्यापी केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा जारी गरिएको सर्कुलरमा सबै केन्द्रीय सदस्यले पार्टीलाई सम्पति बुझाउन भनिएको छ । 
 
सर्कुलरमा पार्टीका ७९ जना केन्द्रीय सदस्यले आफ्नो नाममा भएको नगद र जिन्सी सबै जोडेर सम्पति विवरण बुझाउन निर्देशन दिइएको हो। त्यस्तै पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय सदस्य भीम चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको भन्दै छानविन गर्ने निर्णय भएको छ।
 
उनलाई संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएको र शंकास्पद गतिविधि गरेकोले केन्द्रीय स्तरबाटै छानविन गर्न लागिएको हो।