निर्वाचनलाई २८ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न

चैत्र २८,२०७८

-आस्था न्यूज

चैत २८, २०७८ काठमाडौं ।
निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।