अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय छन्ः प्रचण्ड

चैत्र २९,२०७८

-आस्था न्यूज

चैत २९, २०७८ काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीु लाई सम्बोधन गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू अहिले पनि रहेको बताएका हुन् । 
 
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै दाहालले भने, संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू कुनै न कुनै रूपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरू भइरहेको छ । यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्नेगरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ ।
 
त्यस्तै विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने दाहालले बताए ।