Trending :
 

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति, राप्रपा सूर्य चिह्न लिएर निर्वाचनमा उठ्ने

चैत्र ३०,२०७८

-आस्था न्यूज

चैत्र ३०, २०७८ काठमाडौं ।
 
कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।
 
दुई पार्टीले गरेको सहमतिपत्रमा भनिएको छ, राष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने । बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए ।