Trending :
 

चुनावी तालमेल सहमति नजिक रहेको प्रचण्डको भनाई

बैशाख ०५,२०७९

-आस्था न्यूज

वैशाख ५, २०७९ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ । 
 
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो । 
 
‘‘छ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगरको विषयमा टुंगिने नजिक पुगेको छ ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिको तालमेल निष्कर्षमा पुग्छौं ।’’
 
यसैगरी, उहाँले स्थानीय तह निर्वाचन कुनै हालमा नसर्ने बताउनुभएको छ ।