सेयर बजारका सबै सूचकमा गिरावट

बैशाख ०५,२०७९

-आस्था न्यूज

वैशाख ५, २०७९ काठमाडौं ।
सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । नेप्से परिसूचक ४१.७७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३४३ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । आइतबार १ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
 
सबै उपसमूह घटेका छन् । बैंकिङ १६, ब्यापार ११, होटल तथा पर्यटन ४९, विकास बैंक ६९, जलविद्युत् ८०, फाइनान्स ६२, निर्जीवन बीमा ३४२, उत्पादन ९३, अन्य ५२, माइक्रोफाइनान्स ३६ र जीवन बीमा उपसमूह २६३ अंकले घटे । कुल ११ कम्पनीको मूल्य बढ्यो भने १८२ को घट्यो, २ को स्थिर रहृयो ।
 
नेस्डो समृद्ध लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा दिव्यश्वरी हाइड्रोको करिब ८ प्रतिशत बढ्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै ८.३ प्रतिशत घट्यो । नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, निफ्रा र सिद्धार्थ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।