लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडी एमालेमा प्रवेश गरेका जानकीराम साह मेयरको उम्मेदवार बन्दै

बैशाख ०६,२०७९

-आस्था न्युज

६ वैशाख २०७९ छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन्। साहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडी एमालेमा प्रवेश गरेका हुन्।

 

एमाले अध्यक्ष ओलीले जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्। यस अघि नै उनले मेयर उठ्ने घोषणा गरिसकेका थिए।

एमाले रहेको स्रोतका अनुसार  यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेकोमा  उनलाई हटाएर जानकीरामलाई मेयरको टिकट दिने तयारीमा रहेको छ।

 

लोसपामा शरतसिंह भण्डारीनिकट रहेका जानकीराम लोसपाबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका हुन् ।