निलम्बत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सुनुवाई शुरु

बैशाख ०६,२०७९

-आस्था न्युज

६ वैशाख २०७९  । निलम्बत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ। उनले आफूलाई सरकारले गरेको निलम्बन बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा अधिकारीको पक्षबाट  वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारीले बहस गर्ने छन्  । त्यस्तै अधिवक्ता टीकाराम भट्टराईले पनि अधिकारीको पक्षमा बहस गर्ने बताएका छन् ।

 

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालतमा  सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै  आइतबार रिट दायर गरेका थिए ।

 

अधिकारीले  कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।