बैशाख ०७,२०७९
-आस्था न्युज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ । आज बुधबार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका हुन् ।
घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।
प्रमुख समाचार