बैशाख ११,२०७९
-आस्था न्युज
काठमाडौ महानगरको मेयरमा पदका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गरे संगै उनले काठमाडौ महानगरपालिकामा काँग्रेस र एमालेको भोट काटेर जित्ने दावी गरेका छन् । एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने भन्दै , ‘म काँग्रेस र एमालेको भोट काटेर जित्छु ’ आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेको भन्दै त्यस भोटबाट आफुले जित्ने बताएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले भने ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु’, ।
उम्मेदवारी दर्ता गर्न राष्ट्रिय झण्डा ओढेर आफ्ना समर्थकसहित पुगेका शाहले ‘पहिलाको जस्तो दुख नभोग्ने, खानेपानीको समस्या हुन नदिने मेरा प्राथमिकता हुन्’, शाहले बताए । उनले आफ्नो उम्मेदवारी काठमाडौवासीका समस्या समाधान गर्न भएको भनेका छन् ।
प्रमुख समाचार