बैशाख ११,२०७९
-आस्था न्युज
११ वैशाख, काठमाडौं । काठमाडौ महानगरको मेयरमा पदका लागि विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यसै बीच विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।काठमाडौँ महानगरको चुनाबले देशको परिवर्तनको र आम जनताको चासोको प्रतिनिधित्व गर्ने भएकाले यसलाई सबैले चासो र साखका रुपमा लिएका छन् । विवेकशील साझाले यस अघि काठमाडौँमा उठाएको रन्जु दर्शनाले राम्रो भोट प्राप्त गरेकी थिईन ।
प्रमुख समाचार