एकीकृत समाजवादी पार्टीले तत्काल मन्त्रीहरु नफेर्ने

जोगियो मन्त्रीपद

जेठ २३,२०७९

-आस्था न्युज

२३ जेठ, काठमाडौं । एकीकृत समाजवादी पार्टीले  मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने  भएको छ । सोमबार विहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति भएको  थियो ।

 

 

मन्त्री फिर्ताको निर्णय गर्दा बजेटमाथि छलफल भइरहेको र जवाफ दिन बाँकी रहेको भन्दै एकीकृत समाजवादीका पार्टी अध्यक्ष माधवकुमार नेपाल हाललाई नयाँ मन्त्रीहरु परिवर्तन नगर्ने सहमतिमा पुगेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

 

यस संगै  प्रधानमन्त्री देउवाले ४ बजे बोलाएका मन्त्रिपरिषद् बैठकमा एकीकृत समाजवादीका मन्त्रीहरुले भागलिने जनाएका छन्   ।

 

एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।