आजै राति १२ बजेदेखि सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा

आषाढ ११,२०७९

-

काठमाडौं असार ११, २०७९ 
 
सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।  शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मंत्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् । 
उनका अनुसार हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकोमा सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
 
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।