समाजवादीबाट नवनियुक्त मन्त्रीहरूद्धारा पदभार ग्रहण

आषाढ १३,२०७९

-आस्था न्यूज

असार १३, २०७९ काठमाडौं । 
 
आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्।
 
 
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित कार्यक्रममा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवरले मन्त्रीको शपथ लिएका हुन्। यस्तै, हिराचन्द्र केसीले राज्यमन्त्रीको शपथ लिएका छन्।
 
 
मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ दिलाए। 
 
 
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चौधरीले शहरी विकास, खापुङले स्वास्थ्य तथा जनसंख्या, कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ दलएको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए। उनिहरुले आजैबाट पदभार ग्रहण गरेका छन् ।
 
प्रधानमन्त्री देउवाले आइतबार साँझ कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।