केहीदिन देशभर ठुलो पानी पर्ने सम्भावना, बाढीपहिरोको उच्च जोखिम

आषाढ १३,२०७९

-आस्था न्युज

असार १३, २०७९ काठमाडौं । 
 
जल तथा मौसम विज्ञान विभागले मंगलवारदेखि बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । 
 
यस्तो जोखिम बिहीवारसम्म रहने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको हो । 
 
विभागका अनुसार भोलिबाट बिहीवारसम्म देशका पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले जनाएको छ । 
 
विभागका अनुसार मंगलवार रातिदेखि प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानहरूमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिमका तराई क्षेत्र र कर्णालीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ ।