१९ औं राष्ट्रिय धान दिवस आज

‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’

आषाढ १५,२०७९

-आस्था न्यूज

१५ असार, काठमाडौं । दहीचिउरा खाने दिन १५ असार, ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ १९ औं राष्ट्रिय धान दिवस आज मनाउन लागिएको हो ।असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै धान रोप्ने,राष्ट्रिय धान  दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
 
 
नेपाली समाजमा असार १५ लाई दहीचिउराखाने पर्वका रूपमा पनि लिइन्छ । दहीचिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति पनि राम्रो हुने विश्वास छ।दही वैज्ञानिक दृष्टिले स्वास्थ्यवर्द्धक मानिन्छ ।