भारतकी १५औँ राष्ट्रपति मुर्मुले लिइन् पद तथा गोपनीयताको शपथ

श्रावण ०९,२०७९

-आस्था न्यूज

साउन ९, २०७९ काठमाडौं ।  
द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
 
शपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।
 
 
कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।
 
६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन्।