नेप्सेमा थप ५ अंकको गिरावट, १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार

श्रावण २५,२०७९

-आस्था न्यूज

साउन २५, २०७९ काठमाडौं ।
 
बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो ।  यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।
 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।
 
सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।