सरकारले विदेशबाट फर्केका श्रमिकका लागि पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने

श्रावण २९,२०७९

-आस्था न्यूज

साउन २९, २०७९ काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने जानकारी दिएका छन् । 
 
आइतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताहरूको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरू राखिएको बताए । 
 
मन्त्री कुँवरले वैदेशिक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरूलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए । उनले कार्यक्रम कार्यान्वयनमा नआई नकारात्मक कुराहरू गर्दा अरुण तेस्रो जलविद्युत आयोजनाजस्तै हुने उदाहरण दिए ।
 
‘विदेशबाट फर्किएकाहरूसँग पुँजी नभएकाहरूलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन । उक्त कार्यक्रम कायान्वयनका सन्दर्भमा अरुण तेस्रोजस्तै हुन्छ’, उनले भने । 
 
मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरूसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।