संघको निर्वाचनका लागि (एस) रामेछापबाट देवशंकर पौडेल सहित तीन जना सिफारिस

भाद्र ०४,२०७९

-आस्था न्यूज

भदौं ४, २०७९ काठमाडौं ।
 
नेकपा एकीकृत समाजवादी रामेछापले आगामी संघको निर्वाचनका लागि पूर्वसांसद देवशंकर पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको छ । 
 
रामेछापको मन्थलीमा आज सम्पन्न जिल्ला कमिटी बैठकले पौडेलसहित होम बुढाथोकी र शान्ता सापकोटाको नाम सर्वसम्मत सिफारिस गरेको उपसचिव एवं प्रचार विभाग प्रमुख गणेशबाबु खड्काले जानकारी दिए । 
 
पौडेल र बुढाथोकी पोलिटब्यूरो तथा सापकोटा केन्द्रीय सदस्य हुन् । प्रदेशको उमेदवार क्षेत्रीय कमिटीले गरेको सिफारिसका आधारमा गरिने बताईएको छ ।
 
बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको ब्यापक छलफल तथा समिक्षा भएको छ । बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका दलहरुले इमान्दारिता नदेखाएको तथा गठबन्धनको भावना विपरीत आफ्नो स्वार्थको लागि मात्रै केन्द्रित भएको निष्कर्ष निकालेको छ । 
 
पार्टीका जिल्ला अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वाला प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।  
May be an image of 11 people, people sitting, people standing and indoor