न्यायका लागि द्धन्द्धपीडित समाजको नयाँ नेतृत्व चयन

भाद्र १८,२०७९

-आस्था न्यूज

भदौं १८, २०७९ काठमाडौं ।

न्यायका लागि द्धन्द्धपीडित समाज (CVSJ)नेपालको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न एघारौ/बाह्रौं साधारण सभाले सर्वसम्मत बब्लु लामाको अध्यक्षतामा ७ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रकला उप्रेति, महासचिवमा रमा दाहाल र कोषाध्यक्षमा रमिला ध्वजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा परशुराम कोइराला, बद्री बहादुर केसी र उमा पौडेल रहेका छन् । 

अध्यक्ष लामाले आगामी दिनहरुमा संस्थालाई अझ व्यवस्थीत बनाउदै लैजान सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

नयाँ कार्यसमिति चयनपछि आजै शनिबार बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारमा पूर्व अध्यक्ष जनक बहादुर राउत र कानुनी सल्लाहकारमा भोजराज आचार्यलाई राख्ने निर्णय गरेको छ ।

विगत १६ औं वर्षदेखी द्धन्द्धपीडितहरुको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले नेपालमा संक्रमणकालिन न्यायका लागि सरकारलाई निरन्तर खबरदारी तथा दबाब दिदै आइरहेको छ । देशभर सञ्जाल रहेको संस्थाले विभिन्न संघसंस्थाहरुको सहकार्यमा समस्यामा परेका द्धन्द्धपिडित परिवारहरुलाई स्वास्थ्य तथा शिक्षाका लागि पहल गरी आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

 
May be an image of 6 people, people sitting, tree and indoor
May be an image of 8 people and people standing
May be an image of 12 people, people sitting and people standing