रामेछापमा नेकपा एसका बस्नेतको उमेदवारी कायमै, प्रदेशमा मित्रवत प्रतिस्पर्धा हुने

आश्विन २६,२०७९

-आस्था न्यूज

२६ असोज, २०७९ काठमाडौं । 
रामेछापको प्रदेश ’कʼ मा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट रमेश कुमार बस्नेतको उमेदवारी कायमै भएको छ । 
 
गठबन्धनको सिट बाँडफाँडमा प्रतिनीधिसभा तर्फ नेपाली कांग्रेस र दुवै प्रदेशमा नेकपा माओवादी केन्द्रलाई पर्नेगरी भागबण्डा गरिएपछि नेकपा एसले जिल्लाका तिन वटै सिटमा उमेदवारी दर्ता गरेको थियो । प्रतिनीधिसभा तर्फ पोलिटब्यूरो सदस्य एवं जिल्ला ईञ्चाज देवशंकर पौडेल, प्रदेश ख मा केन्द्रीय सदस्य झम्क कंडेल र प्रदेस क मा जिल्ला पार्टी अध्यक्ष समेत रहेका रमेश कुमार बस्नेतको उमेदवारी परेको थियो । 
 
पार्टीका अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तीमा प्रतिनीधिसभा र प्रदेश ख को उमेदवारी फिर्ता गरिएको जनाइएपनि प्रदेश क मा भने बस्नेतको उमेदवारीलाई कायम राखिएको छ । 
 
गठबन्धनको भावना अनुसार संघ र प्रदेश ख को उमेदवारी फिर्ता गरिएको र प्रदेश क मा पार्टीले मित्रवत प्रतिस्पर्धा गर्ने गरि बस्नेतको उमेदवारी कायम गरिएकोे बताईएको छ । 
May be an image of 3 people and people standing
बस्नेत मन्थली नगपालिकाका निवर्तमान मेयर समेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि बस्नेतले हाल गठबन्धनका उमेदवार समेत रहेका संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । 
 
मेयर हुदाँ आफ्नो कार्यकालमा जनताको सेवामा अनवरत काम गरेकाले मन्थली नगरबासीका नजरमा बस्नेत उपयुक्त पात्रका रुपमा परिचित छन् । निर्णय क्षमतामा अब्बलता, पारदर्शिता, इमान्दारिता र लगनशीलताका कारणले जनताको मन जित्न सफल बस्नेत रामेछापको बाम आन्दोलनमा अग्रणी भुमिका निर्वाह गर्ने नेताका रुपमा चिनिन्छन् । 
 
आगामी मंसिर ४ गते हुने प्रतिनीधिसभा एवं प्रदेश सभा निर्वाचनमा प्रदेस क मा  त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ । 
 
गठबन्धनका तर्फबाट माओवादी केन्द्र रामेछापका जिल्ला सचिव एवं संविधान सभा सदस्य तारानारायण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट निवर्तमान अध्यक्ष एवं प्रदेश सांसद शान्ति प्रसाद पौडेल र बस्नेत बीच त्रिपक्षीय प्रतिपर्धा हुने भएको हो ।
 
प्रदेश क मा श्रेष्ठ र पौडेललाई जनताले मत दिएर एक एक पटक निर्वाचित गरि टेष्ट गरिसकेका छन् भने बस्नेत नयाँ उमेदवार हुन् ।