डा. तोसिमा कार्कीको उम्मेदवारी आज टुंगो लाग्दै

कार्तिक २८,२०७९

-आस्था न्युज

२८ कात्तिक, काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी ललितपुर-३ मा  कायम रहने कि नरहने भन्नेबारे टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सोमबार  सुनुवाइ गर्ने भएको छ ।

 

 

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कार्कीविरुद्ध दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुने र सम्भवतः सोमबार नै सर्वोच्च अदालतबाट आदेशसमेत आउने अनुमान गरिएको छ ।

 

सोमबार सर्वोच्च अदालतले दिने आदेशले  डा. कार्कीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेमा निर्णय गर्ने छ  ।

 

यदि सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेशलाई निरन्तरता दिइ उम्मेदवारी कायम रहने आदेश गरेमा उनी निर्वाचनमा प्रतिस्पर्धाबाट बाहिरिने छिन् ।

 

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ डा. कार्की ललितपुर-३ मा मनोनयन दर्ता गराएकी कारण देखाई  आयोगले उनलाई  लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्च अदालत गएकी थिइन् । न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

 

अन्तरिम आदेश त्रुटिपूर्ण भएको र त्यही दिन सर्वोच्च अदालतको अर्को इजलासबाट भएको आदेशसँग बाझिएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय काम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो ।

 

 

 

अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । र, उनी प्रतिस्पर्धाबाट बाहिरिनेछिन् ।