भारतले दियो थप २३.५ मेगावाट बिजुली निर्यातको अनुमति

मंसिर ०२,२०७९

-आस्था न्युज

२ मंसिर, २०७९  काठमाडौं । भारतले थप २३.५ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो । यस संगै देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ ।

 

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि २५ कात्तिकमा अनुमति दिएको छ  ।

 

यस संगै प्राधिकरणले ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्रीका लागि अनुमति प्राप्त गरेको  छ । प्राधिकरणले २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको छ  ।

 

भारतले  चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि मात्र अनुमति दिएको छ  ।