नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टा भित्र फिर्ता गर्नु - गृह मन्त्रालय

पौष १२,२०७९

-आस्था न्युज

१२ पुस, काठमाडौं । गृह मन्त्रालयले बिज्ञप्ति मार्फत बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टा भित्र फिर्ता गर्न आफ्ना  मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

गृहले मंगलबार विज्ञप्ति जारी गरी आफ्ना मातहतका निकायलाई ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

 

 

बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने भन्दै मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरेका हुन्  ।