राष्ट्रपतिद्वारा अधिवेशन आह्वान

पौष १२,२०७९

-आस्था न्युज

१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ  । आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिद्वारा अधिवेशन आह्वान भएको हो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्नुभएको भनिएको छ  ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु।’

 

 

हिजो  मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिए संगै नयाँ सरकार गठन र संसद अधिबेशन सुरु भएको हो  । संसद आह्वान भएसँगै प्रचण्डले सदनमा  विश्वासको मत लिने प्रक्रिया सुरु हुने व्यवस्था रहेको छ ।