यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयमा प्रहरीको छापा

पौष २१,२०७९

-आस्था न्युज

यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयमा बिहिबार  प्रहरीले छापा मारेको छ।

 

गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले चपा मारी सेवाग्राहीलाई दुखादिने बिचौलियाहरूलाई पक्राउ गरेको छ ।

 

२५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सेवाग्राहीलाई बिचौलियाले दु:ख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

 

पक्राउ गरिएका माथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ। यसअघि पनि प्रहरीले विभिन्न यातायात कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गर्ने गरेको छ।

 

पक्राउ परेका व्यक्तिहरूको एकिन विवरण परिसरले हालसम्म सार्वजनिक गरेको  छैन।