पौष २८,२०७९
-आस्था न्युज
२८ पुस,काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्न छलफल शुरु भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरुको बैठक आज दिउसो बस्ने भएको छ । सत्ता साझेदारको बैठक दिउँसो ३ बजे बस्ने छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने तय भएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो, अहिले त्यसकै गृहकार्य भइरहेको छ ।’
यस संगै प्रधानमन्त्री प्रचण्डले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने छन् । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
प्रमुख समाचार