माघ २४,२०७९
-
२४ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय समेत पनि गरेको छ ।
बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय समेत भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
प्रमुख समाचार