फाल्गुण ०५,२०७९
-आस्था न्युज
काठमाडौँ ।२०७९ फाल्गुन ५ ।सुपरमाई हाइड्रोपावरको कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको आईपीओ बाँडफाँट भएको छ ।
सुपर माई हाइड्रोपावरको कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको ४१ हजार ५ सय कित्ता साधारण सेयर शुक्रबार बाँडफाँट भएको हो ।गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ४ हजार एक सय ५० जना सर्वसाधारणले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।
आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको थियो ।
प्रमुख समाचार