Trending :
 

नेप्सेमा २३.६० अंकको भारी गिरावट

फाल्गुण ०८,२०७९

-

 
काठमाडौं, फागुन ८ ।  सोमबार सेयर बजार नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल २५८ कम्पनीको ६० लाख ९१ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको हो ।
 
 
 
२५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
 
 
यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीका साथै साल्ट ट्रेडिङ, जिबन विकास लघुवित्त, एनआइसी एशिया बैंक, सानिमा बैंक लिमिटेड र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ ।