Trending :
 

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्रि खुल्ला

फाल्गुण ११,२०७९

-

 
आज फागुन ११ गते आत्मनिर्भर लघुवित्त वित्तीय  संस्थाले सर्बसाधारण लगानीकर्ताका लागि फागुन ११ देखि फागुन १५ गते सम्म को लागि आईपीओ  बिक्रि खुल्ला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सम्म र अधिकतम १ हजार कित्ता सम्म आबेदन दिन सक्नेछन । 
 
लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन  खुल्ला गरेको हो । प्रतिसेयर १०० रुपैया अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ ।  कर्मचारीको लागि ३ हजार ११७ कित्ता र सामुहिक लगानीकोषको लागि १० हजार १७० कित्ता सेयर सर्बसाधारण लगानी कर्ताले आबेदन दिन सक्नेछन । बैदेशिकरोजगारीमारहेकानेपालीहरुका लागि२० हजार ३३८ कित्ता सेयर निस्कासन गरिसकेको छ । 
 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेडले गर्नेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत लगानीकर्ताले आवेदन दिन सक्नेछन ।
 
आईपीओ  फागुन १५  गते सम्म  आबेदन दिन सकिन्छ निस्कासन बन्द हुने मिति फागुन १५ गते बैंकिंग समय पश्चात हुनेछ । सो आबधिसम्म तोकिएको आबेदन पुरा नभय अबधि फागुन २५ गते सम्म लम्बिनेछ ।