के तपाईको बच्चाको बिकासक्रम सहितरिकाले भैरहेको छ?

फाल्गुण १२,२०७९

-आस्था न्युज

के तपाईको बच्चाको बिकासक्रम सहितरिकाले भैरहेको छ?
बच्चा जन्मेपछि हुर्कदै जान्छ हुर्कदै जाने क्रममा बालविकासमासहि तरिकाले हुर्केको छ कि छैन भन्ने प्रश्न  धेरैको हुन्छ ।
सामान्य बच्चाको बिकासक्रम यी तरिकाले मनन गर्न सकिन्छ ।
 
१. १ देखि ४ महिना उमेरसमुहका बच्चाहरु
-मुस्कुराउन सक्नु,
-आमालाई चिन्नु,,
- हेर्नसक्नु,
-टाउको धन्न सक्नु,
 
२. ५  देखि ८ महिना उमेरसमुहका बच्चाहरु
-आफै पल्टिनु,
-आवाज निकाली चिच्याउनु,
-एउटा अक्षर, बोल्नु ,
-हास्न सक्नु,
 
३. ९ देखि १२  महिना उमेरसमुहका बच्चाहरु
-पहिलो दांत आउनु,
- सहायता बिना बस्न सक्नु,
-नसमाती उभिनु,
-बाबा,मामा बोल्नु,
 
४. १३ देखि १६ महिना उमेरसमुहका बच्चाहरु
-एक्लै उभिन सक्नु,
- सहायता बिना उभिनसक्नु
 
५.१७ देखि २० महिना उमेरसमुहका बच्चाहरु
--भर्याङमा माथि चड्न सक्नु,
 
६.२१ देखि २४ महिना उमेरसमुहका बच्चाहरु
-भर्याङमा तलमाथिगर्नु,
-जस्तो सुकै बाटोमा पनि दौडिन सक्नु,
-दुई चारशब्द बोल्नसक्नु,
 
 यदि बालविकास सहि तरिकाले भैरहेको छ भने यी सवै  कुरा बच्चाले सहि समयमा गरिसक्नु  पर्छ । कोहि बच्चाले गर्ने क्रियाकलापमा अलिकति ढिलाचाडो हुनसक्छ ।यदि बालविकास सहि तरिकाले भैरहेको नभय डाक्टरको सर-सल्लहा मा जान उचित हुन्छ।