Trending :
 

एसियन हाइड्रोपावर लिमिटेडले गर्यो आईपीओ बाँडफाँट

फाल्गुण १४,२०७९

-आस्था न्युज

 
काठमाडौँ ,२०७९ फाल्गुन १४ । एसियन हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको आईपीओ बाँडफाँट भएको छ ।
 
 
एसियन हाइड्रोपावरको कम्पनीले  सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। गोलाप्रथा मार्फत भएको आईपीओ बाँडफाँटमा ६९ हजार ७ सय २० जना सर्वसाधारणले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।
 
आइपीओका लागि कुल १४ लाख ३२हजार २ सय २२ जना आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताका लागि आबेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको कम्पनीको शेयर निस्कान तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 
 
 
एसियन  हाइड्रोपावरको कम्पनीको नतिजा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ।