फाल्गुण १५,२०७९
-आस्था न्युज
आईतबार उच्च अदालत पोखराबाट नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएता पनि शाह कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको कारण उनि कारागारबाट छुट्न पाएनन् । उनलाई आजै सबै प्रक्रिया पुर्याई रिहा गरिने शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिएका छन् ।
शाह आज रिहा भएपछि तनहुबाट सिधै काठमाडौं आउने बताईएको छ ।
स्मरण रहोस शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी परेको थियो । तथापी तनहुँ र नवलपुर जिल्ला अदालतमा बकपत्र गर्दा पीडित भनिएकी नावालिक गायिकाले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ । पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।
आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।
प्रमुख समाचार