Trending :
 

मन्त्रिपरिषद् बैठकः सरकारले जनआन्दोलनका सहिदहरूको नाम प्रकाशित गर्ने

फाल्गुण १५,२०७९

-आस्था न्यूज

फागुन १५, २०७९ काठमाडौं ।
सरकारले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दस वर्ष चलेको जनयुद्ध र त्यसपछि भएका जनआन्दोलनका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको एक मन्त्रीले बताए। 
 
त्यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।