Trending :
 

आईसीसी यू-१९ विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्ने

फाल्गुण १६,२०७९

-आस्था न्यूज

फागुन १६, २०७९ काठमाडौं ।
यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग  प्रतिस्पर्धा गर्दैछ ।
 
नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
 
छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ ।
 
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
 
मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो ।
 
आजै यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच खेल हुनेछ ।
 
नेपाल र यूएई लगातार तीन खेल जित्दै अपराजित छन् । दुवैले समान ६ अंक जोडेका छन् तर  रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
 
राउण्ड रिन लिग अन्तर्गत भइरहेको छनोट प्रतियोगितामा नेपाल र यूएईबीचको अन्तिम खेल बिहीबार हुनेछ । लिगपछि शीर्ष स्थानको टिम २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । नेपाल र यूएई विश्वकपमा पुग्ने होडमा छन् ।