Trending :
 

सुन र चाँदीको मूल्य ५ सय रुपैयाँले बढ्यो

फाल्गुण १७,२०७९

-आस्था न्यूज

फागुन १७, २०७८ काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
 
यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।
 
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।