Trending :
 

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एमाले नेताहरु समाजवादीको कार्यालयमा पुगे

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
 
राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा एमाले का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेका छन् ।
 
बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूलाई भेट्न कार्यालय गएका हुन् ।
 
भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको समाजवादीका एक नेताले जानकारी दिए ।
 
कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।