Trending :
 

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले लियो फिर्ता

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
 
बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको हो ।
 
शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको हो ।
 
केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।