Trending :
 

मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तले सार्वजनिक गरे नयाँ ब्याजदर

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मेरो माइक्रोफाइनान्स लघुवित्त लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो ।
 
संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७ दशमलव ५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर प्रदान गरिने जनाएको छ । त्यस्तै संस्थाले कर्जाका सेवाहरुमा सामूहिक तथा व्यक्तिगत दुवैतर्फ १५ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाइएको छ ।