Trending :
 

सुन तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ ।
 
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।