Trending :
 

आईसीसी लिग टु मा यूएईसँग नेपाल ६८ रनले पराजित

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
 
आईसीसी विश्व क्रिकेट लिग टुअन्तर्गत यूएईसँग नेपाल ६८  रनले पराजित भएको छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नेपाललाई २०८ रनको लक्ष्य दिएको थियो । 
 
जवाफी ब्याटिङमा उत्रिएर खराब सुरुवात गरेको नेपाल ३१.५ ओभरमा अलआउट भएको हो । यससँगै नेपालको ५ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।