मन्त्रिमण्डल बिस्तारको तयारी शुरु

फागुन २५ अगाडी नै सरकार निर्माण गरी सुरक्षित हुने रणनीतिमा प्रचण्ड

फाल्गुण १९,२०७९

-आस्था न्युज

 

काठमाडौँ    । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माणको कार्य शुरु गर्ने भएका  छन्  । बिहिबार काठमाडौँमा प्रचण्डले मन्त्रिमण्डल बिस्तारको काम शुरु भएको बताएका हुन्  ।

 

गठबन्धन दलले काठमाडौँमा  संचालन गरेको अभिमुखीकरण  कार्यक्रममा प्रतिक्रिय  सरकार निर्माणको कार्य आजै बाट शुरु भएको प्रचण्डले  बताएका हुन्  ।  कार्यक्रमको सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नमा उनले भने “ मन्त्रिमण्डल चाहि बिस्तार गर्ने गृहकार्यमा आजैदेखि शुरु हुन्छ “ ।

 

गठबन्धनको आयु कति हुन्छ ? भन्ने अर्को प्रश्नको जवाफमा “ पाच बर्ष “ भन्ने छोटो प्रतिक्रिय दिएका छन्  । फागुन २५ गते राष्ट्रपतिको चुनाव अगाडीनै सरकार निर्माण गर्ने र नभए कांग्रेसलाई सरकारमा सामेल गराएर सुरक्षित महसुस गर्ने प्रचण्डको रणनीति रहेको देखिन्छ  । माधवकुमार नेपाल संगको पार्टी समाजबादी सँग एकताको कुरा अगाडी बढेको चर्चा बाहिर आए संगै प्रचण्ड आफु सुरक्षित रहन सकेसम्म राष्ट्रपतिको चुनाव अगाडी नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारीमा रहेका  छन्  ।