Trending :
 

भारतलाई हराउदै अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा

फाल्गुण १९,२०७९

-आस्था न्यूज

फागुन १९, २०७९ काठमाडौ । 
घरेलु टोली भारतलाई तेस्रो टेस्टमा पराजित गरि अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । 
 
अष्ट्रेलियाले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनल खेल इंग्ल्याण्डमा जुनमा आयोजना हुँदैछ ।
 
इन्दोरमा भएको खेलमा भारतले दिएको ७६ रनको लक्ष्य पाहुना टोलीले १ विकेट गुमाएर पूरा गर्यो । 
 
पाहुना टोलीका लागि ओपनर ट्राभिस हेडले अपराजित रहँदै ४९ तथा मार्नुस लाबुस्चानेले अविजित रहँदै २८ रन बनाए।
 
घरेलु टोलीका लागि रविचन्द्रन आश्विनले १ विकेट लिए ।
 
त्यसअघि पहिलो पारीमा ८८ रनले पछि भारतले दोस्रो पारी १ सय ६३ रन बनाएको थियो । 
 
घरेलु टोलीका लागि चेतेश्वर पुजाराले ५९ रनको अर्धशतकीय ईनिङ खेले । श्रेयस अय्यरले २६ रन बनाउँदा रविचन्द्रन आश्विनले १६ रन बनाए ।
 
अक्षर पटेल १५ रनमा अविजित रहँदा विराट कोहली १३ रनमा आउट भए । 
 
भ्रमणकारी टोलीका लागि नाथन लायनले २३ ओभर ३ बलमा ६४ रन खर्चिएर ८ विकेट लिए । 
 
त्यसअघि भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।