Trending :
 

इन्डोनेसियाको एक इन्धन डिपोमा आगलागी हुँदा बालबालिकासहित १७ जनको मृत्यु, ५० बढी घाइते

फाल्गुण २०,२०७९

-आस्था न्यूज

फागुन २०, २०७९ काठमाडौ । 
 इन्डोनेसियाको एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ ।
 
आगलागीमा परी ५० जना भन्दा बढी मानिसहरू घाइते भएका हुन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् । शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी भएपछि नजिकै रहेको आवास क्षेत्रमा आगो फैलिएको थियो ।
 
उत्तरी जकार्ताको तानाह मेराह नजिकैको घना बस्तीमा आगो फैलिएको हो । आगो नियन्त्रण गर्नका लागि सेना, प्रहरी र स्थानीय सर्वसाधारण खटिएको त्यहाँको सरकारले जनाएको छ । आगलागी सुरु भएसँगै आवास क्षेत्रमा रहेका सर्वसाधारणलाई घर बाहिर निकालिएको थियो ।
 
वर्षाको समयमा पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको सुरक्षाकर्मीको प्रारम्भीक अनुमान गरिएको छ । वर्षासँग परेको चट्याङका कारण आगो फैलिएको अधिकारीहरुको दावी छ । आगालागीबाट देशको इन्धन आपूर्तिमा भने समस्या नहुने जनाइएको छ ।
 
इन्डोनेसियाका राज्य स्वामित्वको उद्यम मन्त्री एरिक थोहिरले घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेको उद्दार र उपचार प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।