Trending :
 

आज कुन देशको मुद्राको दर कति ?

फाल्गुण २१,२०७९

-आस्था न्यूज

फागुन २१, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज फागुन २१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९० पैसा र बिक्री दर १५७ रुपैयाँ ६२ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।