Trending :
 

कतिमा भैरहेको छ आज सुनचाँदीको कारोबार

फाल्गुण २१,२०७९

-आस्था न्यूज

फागुन २१, २०७९ काठमाडौं । 
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको छ । 
 
आज सुन तोलाको एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 
आज तेजाबी सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 
 
त्यस्तै, आज चाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।