Trending :
 

सबै पूर्वमाओवादीहरू एक हुनुको विकलप नरहेको नेसपा अध्यक्ष भट्टराईको भनाई

फाल्गुण २१,२०७९

-आस्था न्यूज

फागुन २१, २०७९ काठमाडौं । 
नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा. बाबुराम भट्टराईले अब पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पूर्व माओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।
 
भट्टराईले भने,‘पूर्वमाओवादीहरू एक हुन जरूरी छ । पार्टी नै एक हुन नसके कार्यगत एकता बनाएर भएपनि अघि बढ्नुपर्छ । विचार मिल्नेहरू एउटै पार्टी बनाउनुपर्छ । ’ मिल्न सक्नेहरू एकै ठाउँमा आउनुपर्ने र समय लाग्छ भने मोर्चा बनाउनुपर्ने उनको भनाइ छ।
 
भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको भन्दै आपत्ती जनाए। उनले भने,एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’
 
उनले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्न मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजेको होइन ? भन्दै प्रश्न गरे ।
 
भट्टराई भने, माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृत्ति हाबी भयो ।  यसको विरुद्वमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक छ ।’