Trending :
 

चीनले लगानी थपिरहेका बेला क्यानडामा भने टिकटकमाथि प्रतिबन्ध

फाल्गुण २२,२०७९

-आस्था न्यूज

फागुन २२, २०७९ काठमाडौं ।
पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा विभिन्न परिवर्तन र नयाँ गतिविध देखापरेका छन् । प्रविधि कम्पनीहरूले जारी राखेका कर्मचारी कटौतीदेखि जेनेरेटिभ एआई टुल निर्माणको होड र टिकटकको बढ्दो संकट लगायत प्रविधि क्षेत्रमा यो साता नयाँ र उत्साहपूर्ण अपडेटहरू आएका छन् ।
 
गोपनियता र सुरक्षामा अस्वीकार्य जोखिम रहेको भन्दै क्यानडा सरकारले आफ्ना सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्यानडा र चीन बीचको सम्बन्धमा बढ्दो चिसोपन र अमेरिकी सरकार तथा यसका विभिन्न राज्यहरूले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकमा बढाएको निगरानी र प्रतिबन्धको सन्दर्भमा क्यानडा सरकारको यो कदमले टिकटकको समस्या थपिएको छ । 
 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूले क्यानडाका प्रयोगकर्ताहरूको अनलाइन सुरक्षालाई ध्यान दिइरहेको पत्रकारहरूसँग बताए । हामीले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोग रोकेपछि क्यानडाका व्यापारिक फर्म, संस्थाहरू र व्यक्तिगत प्रयोगकर्ताले पनि आफ्नो डेटाको सुरक्षाबारे पुनर्विचार र आवश्यक कदम चाल्नुहुनेछ भन्ने हाम्रो सोचाइ छ, उनले भने, यो अनलाइन सुरक्षाको लागि हामीले चाल्ने कदमको शुरूवात हुनसक्छ । टिकटकले शुरूमा आफू निराश रहेको प्रतिकृया दिए पनि पछि अर्को विज्ञप्ती निकाल्दै क्यानडाको यो कदम अमेरिका र युरोपेली प्रतिबन्धको निरन्तरता भएकोु टिप्पणी गरेको छ ।